काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हल जानका लागि होटल पार्क सफारीबाट बाहिरएका छन् ।
आइतबार बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र उनी सहमति जुटाउन व्यस्त हुँदा हुन सकिरहेको छैन ।
उनी दिनभर सहमतिका लागि छलफलमै व्यस्त रहे । बाहिरिनुअघि पनि उनले माओवादी पूर्वाधार भएका नेता लेखराज भट्टसँग छलफल गरेका थिए ।