काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा भीम रावलको पर्चा बाड्ने कार्यकर्तालाई बाहिर निकालिएको छ ।
भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्म पुगेका रावल पक्षका कार्यकर्तालाई एमाले स्वयंसेवकले यहाँ पर्चा बाँड्न पाइँदैन, भन्दै बाहिर पठाइदिएका हुन् ।
बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।
आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ ।