माओवादी अधिवेशनः महोत्तरीका १ सय २२ वडा र १ पालिकामा सर्वसम्मत नेतृत्व चयन

महोत्तरी । नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिवेशन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

१३८ वडा मध्य बाँकी १६ वडामा पाटीको विधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिवेशन हुन नसकेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

आज यी सबै प्रक्रियागत अफ्ठ्यारा टुंगिएका छन् भोलि नै बाँकी वडामा अधिवेशन हुनेछ,’ इन्चार्ज खड्काले भने । १६ वडाको अधिवेशन टुंगिएसँगै माओवादी केन्द्र महोत्तरीको वडा अधिवेशन सम्पन्न हुनेछ भने दोस्रो चरणमा पालिका अधिवेशन सुरु हुनेछ ।

मनरासिस्वा नगरपालिकाका सबै वडाको अधिवेसन सकिएपछि नगरअशिवेशनसमेत सम्पन्न गरेको माओवादी केन्द्र प्रदेश– २ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

अहिले नेकपा (माओवादी केन्द्र) महोत्तरीमा आठ हजार नयाँ सदस्यले नवीकरण गरेको माओवादीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.