एमाले महाधिवेशन : तेस्रो दिन आज बन्द सत्र १० बजे सुरू हुने

चितवन | नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनको तेस्रो दिन आज बन्द सत्र १० बजे सुरू हुँदैछ ।

शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्य चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। आजको बन्दसत्रमा उनले नाम प्रस्तुत गर्नेछन् ।
आकांक्षीहरु धेरै भएपछि ओली अप्ठ्यारोमा छन्। हिजो पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरू भएको थियो।

ओलीलाई अधिकार दिइएकोमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि जनाएका छन् । सर्वसम्मतिको नामा पार्टीमा निषेधको राजनीति चलेको ऊनीहरुको बुझाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.