काठमाडौं । केपी शर्मा ओलीले कार्यकर्ता तथा नेताहरुलाई सानातिना कुरामा नलागी देश विकासमा लाग्न आग्रह गरेका छन् ।
शुक्रबारबाट चितवनमा सुरु भएको १० औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले आमनेता तथा कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् ।
महाधिवेशनका क्रममा नेतृत्वका लागि आकांक्षीको बढिरहेका बेला ओलीले गरेको यो आग्रहलाई निकै महत्वका साथ हेरिएको छ ।
महाधिवेशनलाई सहमतिमै टुंग्याउने मनसाय बनाएपनि सो हुन नसक्ने संकेत देखिँदै गएकाे छ । उनकै समूहबाट एक पदमा एकभन्दा बढी आकांक्षी बढेका कारण उनी निकै सकसपूर्ण अवस्थामा रहेको बुझिएको छ ।