काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका बीचमा जान आग्रह गरेका छन् । आजबाट सुरु भएको नेकपा एमाले महाधिवेशनलाई संबोधन गर्ने क्रममा अध्यक्ष ओलीले परमादेशतर्फ नभई स्वस्थ चुनावमा जान आग्रह गरेका हुन् ।
सो क्रममा उनले चुनावहरु नजिकिएको स्मरण गर्दै उनले भने, ‘देशमा विकासको लहर चलाउनका लागि एमालेलाई बहुमत आवश्यक छ ।’
सो क्रममा उनले आफू देशमा भएको विविधतालाई भड्काउने पक्षमा आफूहरु नभएको बताउँदै उनले आफू यी सबैको एकताको पक्षमा रहेको बताए ।
त्यसैगरी, उनले आफूहरु राष्ट्रियता र सार्वभौम स्वन्त्रताको पक्षमा रहेको बताउँदै सबै देशको सार्वभौम सत्ता बराबर हुने उल्लेख गरे ।
छिमेकीसँग कुनै समस्या भए संवाद गर्नुपर्ने पक्षमा आफूहरु उभिएको बताए । लिम्पियाधुरालगायत विवादित भूभाग समेटेर संविधानको अंग बनाइएको स्मरण गर्दै उनले यदि त्यो भूभाग नेपालले नपाए आफूहरु हेपिएको अनुभव गर्ने बताए ।