सबैसँग सहकार्य गर्न प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग देशमा थिति बसाउन आग्रह गरेका छन् । शुक्रबार नेकपा एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफू सरकारमा भएका र सरकारबाहिर रहेका सबै दलसँग सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ ।’ उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’ 

मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे । उनले भने, ‘हामी हरेक समस्याको समाधान संविधानमार्फत निकाल्न चाहन्छौँ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.