अध्यक्ष ओलीद्वारा रिमोट थिचेर १० औँ महाधिवेशनको उद्घाटन

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ महाधिवेशनको उद्घाटन रिमोटमार्फत झण्डोत्तलोन गरेर गरेका छन् ।

ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालित रूपमा एकसाथ माथि उठेका थिए ।

महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.