एमाले महाधिवेशनमा प्रचण्डले पठाए लिलामणि पोखरेल

चितवन । एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफू नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।

नेकपा छँदै पार्टी र सरकारको विषयलाई लिएर सुरु भएको विवाद केही समययता तिक्ततापूर्ण छ । प्रचण्डले चितवनमा भएको एमालेको महाधिवेशनलाई आफूलाई सिद्ध्याउने रणनीतिअनुरुप भएको भन्दै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.