काठमाडाैँ । नेकपा एमालेका नेता शेरधन राईले १० औँ महाधिवेनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राई नकेपा एमालेबाट प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री हुन् ।
‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु ।’ राइले भने ।
एमालेकाे महाधिवेशन भाेलीदेखि चितवनमा सुरु हुँदैछ । अहिलेसम्म एमालेमा सचिवकाे आकांक्षी धेरै देखिएका छन् ।