काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति उठ्ने घोषणा गरेका छन् ।
उनले आज थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
निधीले आफ्नो परिकल्पना, ध्येय, उद्देश्य र अन्य सुधारलाई पत्रकारमाझ प्रस्तुत गरेका छन् ।