भीम रावलले राखे स्थायी कमिटी निर्णयमा फरक मत (फरक मतसहित)

काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले मंसिर ७ गते बसेकाे स्थायी समिति  निर्णय प्रति फरक मत राखेका छन् ।

उनले महाधिवेशन प्रतिनिधि छनौटलाई लिएर फरक मत राखेका हुन् । उनका अनुसार कैलाली क्षेत्र नम्बर २ काे महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी भएकाे हाे ।

यही विषय स्थायी समिति बैठकमा सम्बोधन नभएपछि उनले फरक मत राखेका हन् ।

उनले राखेकाे फरक मत व्यहाेरा 

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।

भीम रावल
उपाध्यक्ष
मिति : २०७८/८/७

© 2021 Quicknepal.com  |  All Rights Reserved.