आज सर्वोच्चको 'फुलकोर्ट' बस्दै

काठमाडौं ।   सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बिहीबार बस्दैछ । बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ ।

यस अघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ ।

आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.