काठमाडौँ । नेकपा एमालेकाे स्थायी कमिटी बैठक केही बेर बसेर स्थगित भएकाे छ । बैठक आज नै ३:३० बजे बस्नेछ ।
आजकाे बैठकमा १० औँ महाधिवेशनमा सहभागि हुने ५ प्रतिशत प्रतिनिधिबारे निर्णय लिइने कार्यसूची छ । तर,अहिले सो सम्बन्धमा कुनै निर्णय भएकाे छैन ।
यसका ३:३० बजे बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।