नेपाल-भारत यातायातका लागि खोप लगाएकाे प्रमाणपत्र आवश्यक

काठमाडौँ । काेराेना भाइरस विरुद्धकाे खोप लगाएकाे प्रमाणपत्र देखाएर मात्र नेपाल-भारत यातायात गर्न पाइने भएकाे छ । 

स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै आवतजावत गर्न पाउने बताए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेर यस्तो सहमति गरेका हुन् । यो सहमति आज मन्त्रालयमा भएकाे हाे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.