काडमाडाैँ । काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिका लागि सुर्खेतबाट उम्मेदवारी घोषणा गरेका छन् ।
खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन्
निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनु पर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ । खड्का लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको छ ।