एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ । १० औं महाधिवेसनको तयारीमा रहेको एमालेले महाधिवेसन तयारी बारे छलफल गर्न बैठक बस्न लागेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको बैठकमा प्रतिनिधि मनोनित लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको दशौं महाधिवेसनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

मंसिर १० गतेदेखि १२ गतेसम्म हुन लागेको एमालेको १०ल औं राष्ट्रिय महाधिवेसनमा २ हजार बढी प्रतिनिधिको सहभागी हुने केन्द्रीय सचिवालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.