सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौँ : प्रचण्ड(विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौँ बताएका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औँ वर्षकाे अवसरमा जारी प्रेस विज्ञप्तिमा प्रचण्डले यस्तो बताएका हुन् । 

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो समयमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र पीडितहरुलाई परिपुरण गर्न अझै बाँकी रहेको विज्ञप्तिमा भनिएकाे छ । 

उनले विज्ञपतिमा भनेका छन् शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १८२० तथा १३२५ काे पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकिएकाे पृष्ठभूमिमा दाेस्रो कार्ययोजनासमेत कार्यान्वयन गर्ने कुरा पनि  विश्वस्त पार्न चाहन्छौँ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.