काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षकाे उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रावलले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएका हुन् ।
एमालेकाे महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
अध्यक्षमा केपी ओलीकाे विकल्प कसैले नरहेकाे भनी सार्वजनिक अभिव्यक्ति दिइरहेकाे बेलामा रावलले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
रावल लामो समय माधव कुमार नेपाल समूहमा सक्रिय रहेका नेता हुन् ।
१० बुँदे समझदारी गर्न रावल सक्रिय भूमिकामा थिए । १० बुँदे समझदारी गरेर उनी एमालेमा सक्रिय भएका हुन् । उनी माधव नेपालतिर जाने आँकलन पनि भएकाे थियो ।
एमालेमा सक्रिय भएपनि रावलकाे ओलीसँग धेरै कुरा मिलेकाे थिएन ।
सुदूरपश्चिम प्रदेशको इन्चार्जमा पनि ओली र राबलबीच खास सहमति भएकाे थिएन । ओलीले माओवादी नेता लेखराज भट्टलाई नै इन्चार्जकाे भूमिका दिएका थिए ।