बारले जबराको राजीनामा नआएसम्म आन्दोलन गर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनकाे शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

आन्दोलनका कार्यक्रमबारे शनिबार विज्ञप्ति जारी गर्दै बार महासचिव लीलामणि पौडेलले जानकारी गराएका हुन्।

महासचिव पौडेलले भने ‘हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानून व्यवसायीमाथि बर्बर आक्रमण भएकाले आन्दोलनका कार्यक्रम तय गरेका हौँ ।’ 

बारले आइतबार कुनै प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने जनाएकाे छ।

यस अघिका विराेधका कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेकाे छ । बारकाे कार्यक्रममा दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि छ।

बारकाे आन्दोलन कातिक १४ बाट सुरु भएकाे हाे । बारकाे आन्दोलन चलिरहेपनि सर्वोच्चका न्यायाधीशहरु भने बेञ्चमा फर्किने निर्णयमा पुगेकाे छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.