प्रचण्ड विप्लब भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका नेता विप्लबबीच भेटवार्ता भएकाे छ । भेटवार्ता आज विहान प्रचण्ड निवास खुमलटारमा भएकाे हाे । भेटवार्ताका लागि कृष्णबहादुर महराले वातावरण निर्माण गरेका बुझिएकाे छ । 

माओवादी अध्यक्ष प्रचण्डले आफ्ना अभिव्यक्तिमा विप्लबसँग पार्टी एकीकरण गर्ने बताइरहेका छन् । 

यस्तो बताइरहेका बेला भएकाे भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । 

पछिल्लो समय पार्टीमा वर्षमान पुन र जनार्दन शर्माकाे समूह सक्रिय भएपछि महरा यसलाई तोड्न प्रयासमा जुटिरहेकाे देखिन्छ । 

महराले विप्लबलाई भित्र्याएर महासचिव बनाउने तयारी गरिरहेकाे बुझिएकाे छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.