काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएसनलाई वार्ताका लागि पत्र पठाएका छन् । बारको आजको बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठ पत्र पढेर सुनाएका थिए ।
कातिक १४ गतेबाट निरन्तर आन्दोलनरत नेपाल बार एशोसिएसनका अधिवक्ताहरु तेस्रो चरणको आन्दोलनमा छन् ।
उनीहरुले हिजो तेस्रो चरणको पहिलो दिन असामान्य स्थितिमा सर्वोच्चको मूल गेटमा आन्दोलन गरेका थिए ।
आन्दोलनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भू थापाले पत्रकारहरुलाई आग्रह गरेका थिए, कि–जानुहोस् प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई सोध्नुस् घुस कति खानु भएको छ, भनेर ।थापाले सम्बोधनका क्रममा यति खाएको छु भने भने त भैगो । नत्र छैन भने भने हाम्रा सामु ल्याउनुस् ।
थापाले जबरालाई लजवती झारको संज्ञा दिँदै प्रधानन्यायधीशको ठाँउ खाली भइसकेको हो, हामीले नयाँ नियुक्ति नगरेको मात्रै हो भनेका थिए ।
अधिवक्ताहरुले जबरालाई भित्र छिर्न नदिने भन्दै सर्वोच्चको गेटमा धर्ना बस्दै आएका थिए । तर, जबरा भने बारका चोरबाटोको प्रयोग गर्दै कार्यलयभित्र छिर्ने गरेका थिए ।
यो क्रम केही दिनसम्म निरन्तर रह्यो । पहिलो दिन धर्ना बसेकाहरुले थाहा पाएनन् भने पछिल्ला दिनहरुमा भने थाहा पाएका थिए । हिजो वकिलहरु जबरालाई भित्र छिर्न नदिने भनेर मूल गेट र चोर बाटो दुवै घेर्न गएका थिए । दुबै गेट घेरेपछि जबराको सर्वोच्च छिर्ने बाटो बन्द भयो र प्रहरी खटाइयो बाटो खाली गर्न ।
बाटो नछोड्ने आन्दोलन कर्ताको अडान र जसरी हुन्छ बाटो खाली गर्ने प्रहरीको बाध्यताले गर्दा प्रहरी र अधिवक्ताबीच झडप भयो । सर्वोच्च परिसर तनावग्रस्त स्थितिमा पुग्यो । झडपमा बारका अधिवक्ताहरु घाइते समेत भए ।
नेपाल बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ ३ मंसिर सम्ममा पनि राजीनामा नदिए सशक्त आन्दोलन भनेका छन् । उनले भने विचौलिया छन् भन्ने थाहा पाएरै हामीले प्रधानन्यायाधीशलाई
पहिलो दिनबाटै गोलाप्रथा तोक्न भनेका थियौं । सेवाग्राहीलाई सेवा पाउन सकस भएको छ ।
न्यायालय सुधार्न सहिद हुन तयार छु
प्रधानन्यायाधीशको राजीनामा नहुँदासम्म न्यायालय सुधार हुँदैन । उहाँ नै सुधार अभियानको बाधक हो । उहाँलाई हटाएर मात्र सुधार अभियानको थालनी हुन सक्छ ।
हिजो बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशसहित सबै न्यायाधीश सहभागी भएका थिए । यसअघि प्रधानन्यायाधीश बाहेक बैठक बस्ने चर्चा थियो । फुलकोर्ट बैठकले गोलाप्रथा सम्बन्धी नियमावली र कार्यविधि पारित गरेको छ ।
गोलाप्रथा सम्बन्धी नियमावली र कार्यविधि पारित भएपछि सर्वोच्चका न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् भने बारका वकिलहरु आन्दोलनरत छन् । शुक्रबार प्रहरीको उच्च सुरक्षा धेराभित्र उनीहरुले प्रदर्शन गरेका छन् ।
यसरी आन्दोलनमा उत्रिएका वकिलहरुले जवराले पठाएकाे पत्रलाई कसरी लिनेछन् त्यो भने हेर्न बाँकी छ ।