सेयर बजारमा १८ अंकको गिरावट, २ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से १७.६७ अंकले गिरावट भएर २१०६.१६ अंकमा बन्द भएको छ ।

नेप्से गत साता आइतबार र सोमबार बढेर मंगलबारदेखि शुक्रबारसम्म नै घटेको थियो । यो आइतबार भने १० अंकले बढेको बजार सोमबार पुनः आरालो लागेको छ ।

सेयर बजारमा सोमबार २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.